Breaking News

सामागाउँकी नाङ्साल छोदेनले गरिन विश्वको आठौँ अग्लो मनास्लु हिमालको सफल आरोहण

By मनासलु

September 25, 2023

गोरखा  । चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँकी नाङ्साल छोदेनले विश्वको आठौँ अग्लो मनास्लु हिमालको सफल आरोहण गरेकी छिन्।  २५ वर्षीया छोदेनले आइतबार बिहान सवा छ बजे मनास्लु हिमालको सफल आरोहण गरेकीपायोनियर कम्पनीका प्राेपाइटर मिङ्मार लामाले जानकारी दिए।

बेसक्याम्पबाट सरासर २५ घण्टा हिँडेर ८,१६३ अग्लो मनास्लुको सफल आरोहण गरेकी हुन् । मनास्लु आरोहण गरेर सानैदेखिको सपना पूरा गरेको उनले बताइन्।

सामागाउँकै हाेटलमा काम गर्ने स्थानीय छाेदेनलाइ सानै देखि मनास्लु हिमाल आराेहण गर्ने चाहना रहँदै आएकाे थियाे । उनले हिमालमा चुमनुब्री गाउँपालिकाकाे लाेगाे समेत फहराएकी छन् । मनास्लु हिमाल आराेहणका लागि यस वर्ष ३०९ जनाले अनुमति लिएका छन् ।