गाेरखा । डाक्टर तथा स्वास्थ्यकर्मीमाथी भइरहेको हातपात, आक्रमण तथा अभद्र व्यवहारको विरोध गर्दै गोरखा अस्पतालले ओपिडी सेवा बन्द गरेको छ ।
अस्पताल प्रशासनले मंगलवार सूचना जारी गर्दै आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको जनाएको हो । अर्काे सूचना जारी नभएसम्म ओपिडी सेवा बन्द रहने जनाएकाे छ ।
पछिल्लाे समय लमजुङ अस्पतालमा वडा अध्यक्षले र पाेखराकाे फेवासिटी अस्पतालमा प्रहरीले डाक्टर कुटेका थिए ।