भीमसेन थापा गाउँपालिकामा ७३ जना भूमिहिनलाइ निस्सा वितरण

बिहिबार, असाेज ४, २०८०

गाेरखा । भीमसेनथापा गाउँपालिकामा रहेका ७३ भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा (जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण सुरु गरिएको छ ।

संविधान दिवसको अवसरमा एक कार्यक्रमका बीच निस्सा वितरणको कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष लाेकप्रसाद बञ्जराले जानकारी दिए ।

पालिकाभित्रका भूमिहीन दलित ११ जना, भूमिहीन सुकुम्वासी १४ जना र अव्यवस्थित बसोबासी ४८ जनालाई निस्सा वितरण गरिएको हाे ।

राष्ट्रिय भूमि आयोग गोरखाका अध्यक्ष कमला नहर्की, सदस्य विपिनचन्द्र ढकाल र पालिका अध्यक्ष लोकप्रसाद बञ्जराले संयुक्त रुपमा उनीहरुलाई निस्सा वितरण गरेका थिए ।

२०७८ सालबाट प्रक्रिया सुरु गरी पहिलो चरणको निस्सा वितरण भएको गाउँपालिकाले जनाएको छ । निस्सा वितरण पछि   जग्गाको लालपुर्जा वितरणका लागि प्रक्रिया सुरु हुनेछ ।