गोरखा। फेसबुक मार्फत अरुको चरित्र हत्या गरेको आरोपमा गोरखा बजारबाट प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ ठुलो आँगनका ३६ बर्षिय देवन श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार उनलाई पटक–पटक त्यस्तो कार्य नगर्नभन्दा उल्टै पिडितलाई धम्की दिने गरेपछि पिडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका श्रेष्ठ बिरुद्ध अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । उनलार्ई जिल्ला प्रशासनमा उपस्थित गराएर म्याद थपगरी प्रहरीको हिरासतमा राखिएको छ । पक्राउ परेका श्रेष्ठ माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।