Breaking News

काेराेला नाका खाेल्न पहल भइरहेकाे छ : मुख्यमन्त्री पाण्डे

By मनासलु

October 05, 2023

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्न सरकारकाे तयारी भइरहेकाे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् ।

तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नं. २४ मा पुगेर स्थलगत निरीक्षण गरेपछि उनले भने, ‘तिब्बत तर्फ भौतिक संरचनाहरु निर्माण भईसकेको देखिन्छ, हाम्रो तर्फ पनि आवश्यक भौतिक संरचना छिटो निर्माण गर्न लागि पर्दछु ।’

दशै अघि नाका खुलाएर मुस्ताङ्गी जनतलाइ राहत दिने उनले बताएका छन् । नाका खुलाउन चिन सरकारसँग आफूले पहल गरिरहेकाे उनकाे दावी छ ।