Breaking News

यातायात व्यावसायीकाे समस्या राज्यले देखेन : अध्यक्ष स्वाँर

By मनासलु

October 08, 2023

गाेरखा । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासँघका अध्यक्ष विजय स्वाँरले यातायात व्यावसायीकाे समम्या राज्यले नदेखेकाे बताएका छन् ।  गाेरखा दराैँदी यातायात सेवा कम्पनी प्रा‍ लिकाे दाेस्राे वार्षिक साधारण सभालाइ सम्बाेधन गर्दै स्वाँरले साे कुरा बताएका हुन् ।

लाखाैँ रुपैयाँ लगानी गरेर नागरिकहरुलाइ सेवा दिएकाे सरकारले देखेकाे छैन । यातायात व्यावसायीहरुले कमाएर खाए मात्रै भनिरहेकाे छ,सरकारका सबै निकायले यातायात व्यावसायीहरुलाइ राम्राे नजरले हेर्न नजानकाे उनकाे भनाइ छ ।

यातायात व्यावसायी नारायण दानीले बाटाेकाे स्थलगत निरीक्षण नगरी गुगल म्याप हेरेर भाडा निर्धारण गरेकाले गाेरखामा कायम गरिएकाे भनिएकाे भाडादर स्वीकार्य नभएकाे बताए ।

कम्पनीका अध्यक्ष नारायण खत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजनैतिक नेतृत्व, चेम्बर अफ कर्मश, उद्याेग वाणिज्य सँघ लगायतका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

सँस्थाकाे आफ्नै भवनमा भएकाे सभामा दिएकाे जानकारी अनुसार कम्पनी हाल २६४ वटा सवारी साधनहरु सञ्चालनमा रहेका छन् ।