गोरखा । गोरखा सदरमुममा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गोरखा सदरमुकामका भगवानबावु मास्के र रमेशकुमार श्रेष्ठको जोडीले प्रथम स्थान हात पार्न सफल भएका छन् ।
गोरखा नगरपालिका–६ को हरमटारीमा रहेको कभर्डहलमा ४ः३० ब्याडमिन्टन समुहको आयोजनामा भएको प्रतियोगितामा मास्के र श्रेष्ठको जोडी प्रर्थम भएको समूहका सदस्य मोहन बिष्टले जानकारी दिए ।
उक्त प्रतियोगितामा रितेस केशी र कुलबहादुर थापाको जोडी दोस्रो र बलबहादुर गुरुङ र ताराबहादुर थापा को जोडी तेस्रो हुन सफल भएका थिए ।
, प्रतियोगितामा सबिन केसी र सुजन भट्ट जोडी सान्त्वना हुन सफल भएका थिए । २ दिनसम्म चलेको प्रतियोगितामा ११ जोडीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा बिजयी सबैलाई गोरखा नगरपालिकाका पूर्व नगरप्रमुख राजनराज पन्तले पुरस्कार बितरण गरेका थिए । उक्त अवसरमा ब्याटमिन्टन संघ तदर्थ समितिका अध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव बिष्णु राना लगायत समितिका सदस्यहरू र खेलाडी हरुको उपस्थिति रहेको थियो ।