गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर ३ स्थित सिलिङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
आज विहान १०:३० बजेको समयमा जिल्ला गोरखा शहिदलखन गा.पा. वडा नं.३ सिलिङ स्थित ढुङ्गा लोड गरी सिलिङबाट मझुवादेउराली तर्फ आउँदै गरेको चालक बिश्वास गुरुङले चलाएको ध. १ त. १२५ नं.को ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अं.१०० मिटर तल खस्न जाँदा उक्त ट्रयाक्टरमा सवार जिल्ला गोरखा गण्डकी गा.पा. वडा नं.३ बस्ने बर्ष २९ को पदम बहादुर थापाकाे मृत्यु भएकाे हाे ।
शहिदलखन गा.पा. वडा नं.३ बस्ने बर्ष २६ को राम बहादुर आले र जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. वडा नं.३ बस्ने बर्ष २५ को प्रदिप अर्याल घाईते भई निजहरुलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर चितवन लगेकोमा उपचारको क्रममा निज पदम बहादुर थापाको ११:०० बजे मृत्यु भएको हाे ।
अन्य घाईतेहरुको उपचार भई रहेको, ट्रयाक्टरचालक जिल्ला गोरखा गोरखा न.पा. वडा नं.१३ बस्ने बर्ष ३४ को बिश्वास गुरुङलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान कार्य भईरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।