भिमसेन थापा गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड

बिहिबार, मंसिर २८, २०८०

गोरखा । जिल्लाकाे भीमसेन थापा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु हुने भएकाे छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुदा शाखाको आयोजना वडा नम्बर ७ स्थित बोर्लाङमा रहेको श्री सरस्वती माध्यामिक विद्यालयको समन्व्यमा आजदेखि प्रतियोगिता सुरु हुन लागेको गाउँपालिकाका सामाजिक विकास शाखाका अध्यक्ष समेत रहनु भएका वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले बताए ।

प्रतियोगिताको गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले एक कार्यक्रमका विच उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । प्रतियोगिता मङ्सिर २८, २९ र ३० गतेसम्म तीन दिन सञ्चालन हुनेछ । प्रतियोगितामा पालिका भित्रका माध्यामिक विद्यालयबाट खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता अन्तरगत एथ्लेटिक्सका सवै खेलहरु कमलपोखरी खेलकुद मैदानमा हुनेछ भने भलिवल कबड्डी लगायतका खेल विद्यालयको मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा चालु शैक्षिक सत्र २०८० मा पालिकाभित्रका विद्यालयहरुमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीहरु मात्र अन्तरविद्यालय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगिता अवधीमा खेलाडी लगायतका अन्य सहभागीको स्वास्थ्यमा समस्या देखिए आकस्मिक प्राथामिक उपचारका लागि दैनिक ४ जना स्वास्थ्यकर्मीहरू परिचालन गर्न लागिएको बोर्लाङ्ग स्वास्थ्य चौकी प्रमुख सचिना शाक्यले दिए ।