तेस्रो राष्ट्रपति रनिङ शिल्ड माछाखोलामा सुरु

बिहिबार, मंसिर २८, २०८०

गाेरखा । धार्चे गाउॅंपालिकाको केन्द्र माछाखोला बजारमा राष्ट्रपति रनिङ शिल्ड आज बाट सुरू भएको छ ।

विहानी पख बाट माछाखोलाको बगर स्थित सट फुट, हाईजम र लङजम जस्ता खेलहरु सम्पन्न पारी करिब ३ बजे बाट माछाखोलाको हाटबजार खेल मैदानमा औपचारिक रुपमा कार्यक्रम उदघाटन सत्र सुरू भएको थियो ।

 

उक्त कार्यक्रममा धार्चे गाउॅंपालिकाका प्रमुख लक्ष्मण गुरूङ, उप-प्रमुख सुनिला गुरूङ, प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार, धार्चे गाउॅंपालिक कार्यलयको हरेक शाखा प्रमुखहरू, सातै वडाका जनप्रतिनिधिहरु र हरेक विध्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिती थियो । कार्यक्रममा ९ वटा मा. वि का विध्यार्थीहरु विभिन्न खेल विधामा सहभागी भएको थियो भने उदघाटन सत्रमा प्रत्येक विध्यालयका विध्यार्थीहरुले स्वदेशगानमा पिटी प्रदर्शन समेत गरेका थियो ।

कार्यक्रमको जिम्मा र सन्चालक धार्चे गाउॅंपालिका शिक्षा शाखा प्रमुख दिपक सिर्मलले गरेका थिए ।