सहिदलखनमा प्रथम सहिद लखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरु

शनिबार, मंसिर ३०, २०८०

गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका गाेरखामा प्रथम सहिद लखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता आजबाट सुरु भएकाे छ । प्रतियाेगिताकाे सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिलादेवी सिँखडाले उद्घाटन गरेकी छन् ।

सहिदलखन गाउँपालिकाकाे खेलमैदान पिपपलछापमा खेल उद्घाटन कार्यक्रममा बाेल्दै मन्त्री सिँखडाले विद्यालय तहबाट नै प्रतिभाहरु छनाैट गर्दै जाँदा राष्ट्रिय खेलमा सजिलाे हुने बताइन । सहिदलखन गाउँपालिका खेलकाे उर्वर भूमि रहेकाे उनकाे भनाइ छ । ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले स्वास्थ्यका लागि खेलकुद अत्यन्तै आवश्यक रहेकाे बताए ।  ११ वटा विद्यालयका करिब २५० जना विद्यार्थीहरु सहभागी उक्त खेलकाे पहिलाे दिन शहिद समृति माविले पहिलाे स्वर्ण हात पारेकाे छ ।

आज भएकाे भलिवल तर्फकाे खेलमा छात्र तर्फ मनकामना मावि, भगवती हिमालय मावि र सिँजाली मा‍‍‍ वि विजयी भएका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले जानकारी दिए ।