गाेरखा । गाेरखाबाट खिचडि यात्राकाे लागि निस्केकाे समूहलाइ गाेरखपुर स्थित गाेरखनाथ मन्दिरमा स्वागत तथा सम्मान गरिएकाे छ । गोरखा स्थित गोरखनाथबाट भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा २१ वर्ष पछि खिचडी यात्रा सुरु भएकाे थियाे । ६० सालबाट रोकिएको यात्रा ८० सालमा पुनः सुरु भएको अन्तराष्ट्रिय गौमाता सेवा महासँघका महासचिव ठाकुर लामिछानेले बताए ।
देशभरीका विभिन्न जिल्लाका १५० जना नेपालीहरु गाेरखपुर पुगेका छन् । धार्मिक पर्यटनको विकासका लागि यो यात्राको थालनी गरिएको हो । यात्रा सुरु गर्नुअघि गोरखा बजारमा समूहले र्याली गरेको थियो । यात्रामा सँलग्नहरुलाई गारखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले शुभयात्राको शुभकामना दिएका थिए ।
यात्रामा विभिन्न जातजाति, भाषाभाषि, धर्म सबै समुदायका नागरिकहरु रहेका छन् । महासँघको अन्तराष्ट्रिय कार्यलय दिल्लीमा र शाखा कार्यालय गोरखामा रहेको छ । यात्राका क्रममा नवदुर्गा मन्दिर ओमसतिमा वडा नम्बर ४ वालापुरमा नेपालबाट गएकाे समूहलाइ स्वागत गरिएकाे थियाे ।