गाेरखा ताक्लुङमा अज्ञात व्यक्तिकाे शव फेला पर्याे

आइतवार, माघ ७, २०८०
साँकेतिक तस्वीर

गाेरखा । जिल्लाकाे सहिद लखन गा पा वडा नं ५ ताकलुङ, खर्क डाडा ( तोरेन गाउँ नजिक) खोल्सामा मृत अबस्थामा अपरिचित मानिसको ( अन्दाजी २५- ३० बर्षका) शव फेला परेको छ ।

स्थानीयले खबर गर्नासाथ राइनास प्रहरी चौकीबाट प्रहरीहरुपनि घटना स्थल पुगेकाे छ ।  स्थानीयका भनाई अनुसार यी ब्यक्ति यहाँ वरपरका नभएको र शव पहिचान गर्न कठिनाई भएको छ , चिन्ने जान्ने मानिसहरुले शव पहिचानका लागि सहयोग गरिदिनु हुन र सम्बन्धित परिवारलाई जानकारी दिनुहुन प्रहरीले अनुराेध गरेकाे छ ।