६३ औ‌‍ वार्षिक उत्सव उद्घाटन समारोह सम्पन्न

बिहिबार, माघ ११, २०८०

गाेरखा । धार्चे गाउॅंपालिका वडा नं. ७ मा अवस्थित श्री कालरात्री माध्यमिक विद्यालयको ६३औ वार्षिक उत्सव तथा अभिभावक समारोह- २०८० को  कार्यक्रम उद्घाटन भएकाे छ ।

धार्चे गाउॅंपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको प्रमुख दिपक सिर्मलकाे प्रमुख आतिथ्यतामा पानसमा बत्ती बाली उदघाटन भएको उक्त कार्यक्रममा धार्चे गापा ७ का वडा अध्यक्ष एवं कालरात्री मा.वि.का वि.व्य.य. अध्यक्ष श्री राकेश गुरूङ काे  अध्यक्षतामा भएकाे थियाे ।

समाजसेवी धार्चे गाउॅंपालिका वडा नं. ७ भित्र विभिन्न विद्यालयहरुमा जस्तै भिरकुना स्थित गंगा जमुना आ.वि., लापुवेसी स्थित प्रभाव किरण मा.वि. र खानीगाउॅं स्थित गोरखनाथ आ.वि. मा सहयोग गर्दै आउनु भएका जो चितवन जिल्ला निवासी ध्रुव कुमार श्रेष्ठ ज्युको विशेष आतिथ्यता लगायत विभिन्न अतिथाहरको उपस्थितिमा कार्यक्रम भएकाे थियाे ।

उदघाटन समारोहमा खानीगाउॅं स्थित गोरखनाथ आविका शिक्षिका र लापुवेशी स्थित प्रभात किरण माविका प्र. जित बहादुर गुरूङ, कार्यक्रमका विशेष अतिथी समाजसेवी श्री ध्रुव कुमार श्रेष्ठ ज्यु र धार्चे शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख दिपक सिर्मल ज्यु लगायतले मन्तव्य राखेका थिए । विद्यालयकाे अन्तर सदनात्मक छात्रा तर्फ भलिबल प्रतियोगिता, कक्षा १ देखी ३ सम्मको चक्लेट दौड, कक्षा ४ देखी ५ सम्मका गणितीय दौड र विध्यार्थीहरुको नाचगान सहित उदघाटन समारोह सम्पन्न भएको थियो ।

६३औ वार्षिक उत्सव तथा अभिभावक समारोह कार्यक्रम माघ १२ गते समापन हुने विद्यालयले जनाएकाे छ ।