एक हजार ८२ जनाकाे मुटु जाँच

आइतवार, माघ २१, २०८०
गाेरखा । जिल्लाकाे सिरानचाेक गाउँपालिका स्थित सँसारी महेन्द्र माविमा भएकाे   “निशुल्क मुटु जांच स्वास्थ शिविर”मा एक हजार ८२ जनाले मुटु जाँच गराएका छन् ।
सिरानचाेक गाउँपालिका , Save The Heart र बरिष्ठ मुटुराेग विशेषज्ञ डा.अनिल भट्टराई नेतृत्वकाे प्राविधिक टिमले शिविरमा काम गरेकाे थियाे ।
शिविरकाे उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री सुसिला सिँखडाले गरेकी थिइन । शिविरमा  १४ जनाकाे अप्रेशन गर्नुपर्ने अवस्था देखिएकाे शिविर सञ्चालक मध्येका विकास वाग्लेले बताए ।