चुमनुब्री गाउँपालिकाले दियाे विधान मस्याैदा माथि सुझाव

सोमवार, माघ २२, २०८०
rpt

गाेरखा । नेकपा माओवादी चुमनुब्री गाउँपालिकाले पार्टीकाे विधान मस्याैदा माथि छलफल गरी सूझाव प्रदान गरेकाे छ ।

गाउँपालिका अध्यक्ष अध्यक्ष निमा लामाकाे संयाेजन र नेकपा मा‌ओवादी चुमनब्री गाउँ पार्टी अध्यक्ष कुमारी गुरूङकाे अध्यक्षतामा विधान मस्याैदा माथि सुझाव तथा छलफल कार्यक्रम सम्पन्न भएकाे हाे  ।

कार्यक्रममा पुर्व राज्यमन्त्री छम ब गुरूङ, चुमनुब्री गाउँ पार्टी अध्यक्ष कुमारी गुरूङ, पालिका उपाध्यक्ष लक्ष्मी गुरूङ, वडा नं ३ वडा अध्यक्ष राम कुमार गुरूङ, वडा नं १ सदस्यहरू पासाङ लामा र देजेन ल्हामाे लामा, संगठित सदस्य छिरिङ लामा, काेषाध्यक्ष छिरिङ घ्युर्मे लामा, सम्पर्क समनवय विशेष समिति सदस्य वीरबल घले लगायतले महत्वपुर्ण सुझावहरू दिएका थिए । कार्यक्रममा जिल्ला पार्टी इञ्चार्ज तथा केन्द्रीय सदस्य अमर तमुले सुझाव सँकलन गरी केन्द्रीय समितिमा प्रस्तुत गर्ने प्रतिवद्धता गरेका थिए ।