श्रीनाथ महिला सहकारी सँस्थाकाे अध्यक्षमा शाेभा थापा निर्वाचित

शनिबार, माघ २७, २०८०

डिवि तामाङ । सिरानचाेक गाउपालिका वडा न ३ काे श्रीनाथ महिला विकास सहकारी सँस्थाकाे अध्यक्ष मा शाेभा थापा निर्विराेध निर्वाचित भएकी हुन् । सँस्थाकाे २२ ओैँ साधारण सभाले थापालाई अध्यक्ष मा चयन गरेकाे हाे । साधारण सभाले उपाध्यक्ष मा सीता तामाङ सचिवमा तारा सुनुवार, सहसचिवमा खतिजा मिया, काेषाध्यक्षमा सर्मिला ढकाल गरी ११ सदस्य कार्य समिति चयन गरेकाे छ ।

सँस्थाकाे २२ ‌औँ  साधारण सभामा प्रमुख अतिथिकाे रुपमा बाेल्दै जिल्ला सहकारी सँघका जिल्ला अध्यक्ष बाबुराम काेईरालाले महिलाकाे नेतृत्व विकासमा सहकारीले महत्वपूर्ण भुमिका खेलेकाे बताए । अहिलेकाे धेरै सहकारीले बचत गर्ने र रिन लगानी गर्ने मात्र भएकाेले यस सहकारीले त्याे भन्दा फरक भएर अगाडि बढेकाे स्मरण पनि गरे ।

काेईरालाले यस सहकारी जिल्लाकाे चाैथाे स्थानमा रहेर काम गरेकाे बताए । यसले महिला उघ्धमिकाे रुपमा पनि काम गरेकाे र सानाे पुजिबाट सुरु गरेकाे यस सहकारी अहिले लगभग ६ कराेडकाे काराेबार गर्न सकेकाेमा शुभकामना पनि प्रदान गरे ।

कार्यक्रममा विशेष अतिथिकाे रुपमा बाेल्दै सिरानचाेक गाउपालिका वडा न ३ का अध्यक्ष जगदिश्वर ढकालले सहकारी भन्ने बित्तिकै डराउनु पर्ने देशकाे स्थितिमा यस सहकारीमा ढुक्क भएर बचत गर्न पनि दिदिबहिनिहरुलाई अनुराेध गरे ।

सहकारीले आफुहरुलाई आवस्यक परेकाे कुरा निर्धक्क भएर वडा कार्यलयमा राख्न र सकेकाे सहयाेग गर्न पनि सधै तयार रहेकाे बताए । यस सँस्था र वडा कार्यलय सुमधुर समब्ध बनाएर अगाडी बढ्नु पर्ने पनि अध्यक्ष जगदिश्वर ढकालले बताए ।