Breaking News

गोरखा पत्रकार समाजको अध्यक्षमा वन्त सहित कार्यसमिति सर्वसम्मत

By मनासलु

February 10, 2024

काठमाडौं । गोरखा जिल्ला  घर भई काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको  अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवशनले पत्रकार प्रदीपराज वन्तको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा सोविता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् ।

सदस्यहरुमा सुदीप कैनी, लीलाधर कोइराला, राधा रोकाहा, उत्सव विक तथा मोहसिन अलि मियाँ कार्यसमिति  चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको आजै बसेको बैठकले वरिष्ठ पत्रकार रामजी दाहाल, खिलबहादुर भण्डारी तथा सुशील अर्याललाई पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

बैठकले गोर्खाली पत्रकारहरूका लागि सीपकाे क्षमता अभिवृद्धिका लागि गम्भीररूपमा लाग्ने र गोरखाका सुन्दर पर्यटकीय क्षेत्रको उजागर गर्न मद्दत गर्ने निर्णय गरेकाे समितिका सदस्य लिलाधर काेइरालाले जानकारी दिए ।