गाेरखा अस्पतालमा लेजर प्रविधिबाट पित्तथैलीकाे अप्रेशन सुरु

शनिबार, माघ २७, २०८०

गाेरखा । गाेरखा अस्पतालमा लेजर प्रविधिबाट पित्तथैलीकाे अप्रेसन सुरुवात भएकाे छ ।

अस्पतालका सर्जनद्वय डा.प्रतिमा गौतम र डा.सुमोद कोइराला तथा एनेस्थेसियोलोजिस्ट डा.शम्भु अधिकारी सहितको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमले पहिलाे  दिनमा गोरखा-०१ का ५३बर्षिय पुरुष, सहिदलखन-०८कि ५३बर्षिय महिला र पालुङ्टार-०८का ४४बर्षिय पुरुष गरी ३ जना बिरामीको पेटमा प्वाल पारेर दुरबिन प्रविधिबाट पित्तथैलीको सफलतापूर्वक शल्यक्रिया गरेका हुन।

मेसिन ल्याएर अस्पतालमा यस अघिनै राखिएकाे र त्यसलाइ इन्सटलेसन गरेर विरामीकाे उपचारमा प्रयाेग गरिएकाे गाेरखा अस्पताल विकास समितिका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए ।