ताकुमाझलाकुरीबोटबाट काठमाण्डाैका लागि बससेवा

आइतवार, माघ २८, २०८०

गाेरखा । ताकुमाझ लाकुरीबाेटबाट पहिलो पटक काठमाडौको लागि गाडी छुटेको छ । लाकुरीबोट काठमाडौ रुटको सेवा सुरुवात वडा अध्यक्ष शिव बहादुर खड्काले गरेका छन् ।

पहिलो दिन ८ जना यात्रु लिएर बस काठमाडौ हिडेको छ ! निरन्तर सेवाको कामना गर्दै स्थानीयले चालक सहचालक लगायतलाई खादा लगाएर काठमाडौको लागि बिदाई गरेका छ्न !

दैनिक लाकुरीबोट आहाल डाडा मोहोरिया शिखर निमेल गोरखा बजार हुदै काठमाडौ रुटमा गाडी चल्ने छ भने सोही रुट्बाट लाकुरीबोट फिर्ता हुने छ । लाकुरीबोट गोरखाको स्थानीय रुट भने यथावत रहने बताइएकाे छ । यस क्षेत्रका नागरिकहरुले यस अघि बस सेवा लिनका लागि ताकुकाेट वा चनाैटे पुग्नुपर्ने बाध्यता रहँदै आएकाे थियाे ।