द्रव्यशाह बहुमुखी क्याम्पसको १० औ क्याम्पस सभा सम्पन्न

आइतवार, फाल्गुन ६, २०८०

गाेरखा ।  द्रव्यशाह बहुमुखी क्याम्पसको १० औ क्याम्पस सभा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री शित्तलकाजी मास्केज्यूको अध्यक्षतामा जिल्ला समन्वय समिति गोरखाका प्रमुख श्री मोहन बहादुर थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ ।

सभामा क्याम्पस प्रमुख श्री रामचन्द दुवाडीज्यूले शैक्षिक प्रगति प्रतिवेदन एवं भावि कार्यक्रम प्रस्तुत गरेका थिए । क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष श्री इश्वरकाजी मास्केले आगामी आ.ब. २०८०/०८१ को लागि रु.१५ करोड १० लाख ९० हजार ७१४ रुपयाको आय–व्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष श्री धिरज बहादुर मास्के, संस्थापक सदस्य श्री पुरुषोत्तम अर्याल, उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष श्री कृष्ण कुमार श्रेष्ठ, पूर्व विद्यार्थी एवं नेपाल राष्ट्र बैकका डेपुटी निर्देशक श्री राजन विक्रम थापा, स्थानिय अभिभावक एवं श्री महालक्ष्मी मा.वि.का वि.व्या.स.अध्यक्ष श्री देवेन्द्र बस्नेत, प्राध्यापक संघका सचिव श्री धर्मजङ थापा, स्ववियु सभापति श्री शौनक घिमिरे लगायतका महानुभावहरुले शुभकामना मन्तव्य राखेका थिए ।

क्याम्पस स्थापना गर्दा जग्गादाता, संस्थापकहरु, आर्थिक सहयोग पुर्याउनु हुने बुद्धिजिवी शिक्षाप्रेमी समाजसेवीहरु, चन्दादाता, स्थानिय तहका प्रतिनिधीहरु, सहयोगि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्ति संघ संस्था, स्थानिय अभिभावकका प्रतिनिधीहरु, त्रि.वि.प्रतिनिधी, प्राध्यापक तथा कर्मचारी प्रतिनिधिहरु, स्ववियु प्रतिनिधी लगायतका महानुभावहरु क्याम्पस सभा सदस्य रहने व्यवस्था रहेको छ । कार्यक्रम क्याम्पसको पुस्तकालयको सभाकक्षमा सम्पन्न भएको थियो ।