लुसिकाङ र रुन्चेत जोड्ने झुलुङे पुल शिलान्यास

बिहिबार, फाल्गुन १०, २०८०
धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ र उपाध्यक्ष सुनिला गुरुङ पुल जीपकाे जग खनेर शिलान्यास गर्दै । तस्वीर राज गुरुङ

राज गुरुङ

गाेरखा । धार्चे गाउॅंपालिका वडा नं. ३ लुसिकाङ देखि वडा नं. २ रुन्चेत जोड्ने झुलुङे पुल कादुरी संस्थाको आर्थिक तथा प्राविधिक सहयाेगमा १२२ मि. को पुल यसै धार्चे गापाका अध्यक्ष श्री लक्ष्मण गुरूङ र उप प्रमुख सुनिला गुरूङ को हात बाट शिलान्यास भएकाे छ ।

दायाँ बायाँ दुवै ठाउँमा जगको शिलान्यास गरिएकाे हाे ।  शिल्यानास कार्यक्रममा कादुरी संस्थाका प्रतिनिधि, वडा नं. ३ र २ का वडा अध्यक्षहरु शेर बहादुर गुरूङ र सरोज गुरूङ लगायत गाउॅंलेहरुको सहभागिता रहेकाे थियाे ।

आज देखि नै काम सुरु गरेर ५ महिना भित्रमा काम सम्पन्न गराउने स्रोतले निर्माण व्यावसायीले बताएका छन् । पुलको लागत रु १,३३,९४,७५२.३८ रहेको छ । पुल नहुँदा मानिसहरु यस स्थानमा तुइन तरेर आउजाउ गर्नुपर्ने बाध्यता रहँदै आएकाे थियाे ।

तुइन तरेर बुढी गण्डकी पार गर्दै धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ । तस्वीर राज गुरुङ