राज गुरुङ ।
धार्चे गाउॅंपालिका गोरखाले गाउॅंपालिका स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख श्री मोहन बहादुर थापा ज्युको आतिथ्यता धार्चे गापाका अध्यक्ष श्री लक्ष्मण गुरूङको अध्यक्षता रहेको थियो ।
धार्चे गाउॅंपालिकाले वर्षेनी यस्तै विविध कार्यक्रम गरेर स्थापना दिवस मनाउदै आईरहेको छ । उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, क्षिक्षक, प्र.अ, आमा समुह र विध्यार्थीहरुको सहभागी भएको थियो ।
कार्यक्रम देहाय बमोजिमका कार्यक्रमहरु साथ सम्पन्न भएको थियो ।
१/ विहान ७ बजे देखी खोर्लावेसी सरसफाई अभियान गरी फोहोर फाल्ने डस्विनको ठाउॅं ठाउॅं व्यवस्था गरिएको थियो २/ ९ वजे देखी माछीखोला बजार सरसफाई गरी डस्विनको व्यवस्था गरिएको थियो । ३/ ११ बजे गाउॅंपालिकाको भवनबाट गाउॅंपालिकाका जनप्रधिनिधि, कर्मचारी, क्षिक्षक, प्र.अ, आमा समुह र विध्यार्थीहरुको साथमा प्रभातफेरी सुरू भई माछिखोला बजार परिक्रमा गरेको थियो ।
त्यसै गरी १२ बजे गाउॅंपालिका को सभाहलमा प्रमुख अतिथीबाट पानसमा बत्ती बालेर कार्यक्रम सुरू भएको थियो ।धार्चे गाउॅंपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारबाट स्वागत मन्तव्य दिनु भएको थियो र विविध नृत्यहरुको साथमा सर्बोच्च शिखर सगरमाथा आरोही लगायत सर्जक कलाकार र धार्चे कै धेरै GPA ल्याउन सफल व्यक्ती लाई सम्मान गरी कार्यक्रम समापन भएको थियो भने यस कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख दिपक शिर्मलले सञ्चालन गरेका थिए ।