प्रधानमन्त्री आज गोरखा आउने

शुक्रबार, चैत्र २३, २०८०
फाइल तस्विर

अभिषेक तामाङ
गोरखा २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज गोरखा आउने भएका छन् ।

गोरखामा गएको असारमा फेला परेको क्वार्ज क्रिष्टल ढुँगा गोरखा कालिका मन्दिर परीसरमा राख्ने कार्यक्रमका लागि १२ बजे गोरखाका लागि काठमाण्डौबाट हिँड्नुहुने नेकपा माओवादी केन्द्र गोरखाका इञ्चार्ज अमर तमुले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष रहनुभएका प्रचण्डले पार्टी कार्यालयमा आयोजित पार्टी कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताहरुलाई १:३० मा प्रशिक्षण दिने, २:३० मा सरकारी निकायका प्रमुखहरुसँग जिल्ला प्रशासन कार्यालयमा भेटघाट गर्ने र ३;१५ बजे पत्रकार सम्मेलन गरी काठमाण्डौ फर्कने कार्यक्रम तय भएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।