क्वार्ज क्रिष्टल कालिका मन्दिर लगियो

शुक्रबार, चैत्र २३, २०८०
क्वाज क्रिष्टल, तस्वीर राजेन्द्र न्याैपाने

अभिषेक तामाङ
गोरखा २३ चैत । गोरखामा भेटिएको बहुमूल्य पत्थर क्वार्ज क्रिष्टल आज जिल्ला स्थित कालिका मन्दिर लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखामा सँरक्षण गरी राखिएको क्रिष्टल सँरक्षणका लागि कालिका मन्दिरमा लगिएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।

क्रिष्टललाई धार्मिक रीति अनुसार पूजापाठ गरी बाजागाजा सहित कालिका मन्दिर ल्याएको हो ।
स्थानीय एक व्यक्तिको घरमा फेला परेको पुरातात्विक महत्वको क्रिष्टल हनुमान ढोका लैजाने तयारी भइरहेका बेला गोरखालीहरुको दवाव पछि गोरखामा नै सँरक्षण गरी राख्ने सरकारले निणर्य गरेको थियो ।

 

मन्दिर परीसरमा राखिने क्रिष्टललाई हनुमान ढोकाबाट आएका प्रहरीले २४ सै घण्टा सुरक्षा दिने प्रमुख जिल्ला अधिकारी दाहालको भनाई छ ।