न्याय बिक्री गर्न र ढिलाे गर्न हुन्न : न्यायधिश रानाभाट

बुधबार, चैत्र २८, २०८०

धन बहादुर तामाङ

गाेरखा ।  न्याय बिक्री गर्न र ढिलाे गर्न नहुने कुरा रहेकाे जिल्ला अदालतका प्रमुख न्यायाधीश शिव बहादुर रानाभाटले बताएका छन् ।

रानाभाटले सिरानचाेक गाउपालिकाले आयाेजनामा मेलमिलाप कर्ताहरुलाई सञ्चालन गरेकाे पाँचदिने एडभान्स तालिममा बाेल्दै यस्ताे बताएका हुन् ।

कार्यक्रम सिरानचाेक गाउपालिका वडा न ६ गाँखुकाे कृष्ण ज्याेति मा बि काे सभाहलमा भएकाे थियाे ।

प्रमुख अतिथि रानाभाटले न्याय सहि तरिकाले नभए विकास पनि राम्राे नहुने पनि बताए । आजभाेलि अदालतमा न्यायफ खरिद बिक्री हुने जनताकाे गुनासाे छ तर त्यास्ताे नभएकाे उनकाे भनाइ छ ।

अदालतमा सधै र हामीले चाहे जस्ताे पनि हुदैन त्यसमा आफ्नै समस्या छ सरकारी समस्या पनि छ तर स्थानीय सरकारले सञ्चालन गरेकाे मेलमिलाप कर्ताले ढिला सुस्ति गर्न नहुने पनि प्रमुख अतिथि रानाभाटले जानकारी दिए ।

कार्यक्रममा बाेल्दै गाउपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले समाजमा झै झगडा भई रहने हुदा मेलमिलाप कर्ताले निस्पक्ष भएर काम गर्नु पर्ने बताए । कुनै मान्छे आफन्त कुनै राजनैतिक त कुनै उच्च ओहाेलाकाे हुन सक्छ यसमा कुनै प्रवाह नगरी बिबादहरु मिलाउनु पर्ने अध्यक्ष गुरुङले बताए ।

न्यायिक समितिका सँयाेजक रिता देबकाेटाले केही नियम कानुनका कारण बिबाद मिलाउन असहज भएकाे पनि बताइन् । समाजमा भएका विवादहरु गाउपालिकाका दर्ता गर्ने र दर्ता भएका निवेदन उपर वडा कार्यलयलमा रहेकाे मेलमिलाप कर्ताले समाधान गर्नु पर्ने बताइन ।

मेलमिलाप कर्तालाई एउटा विवादमा बसे बापत रु 15 सय यातायात खर्च भनि पाउने उनकाे भनाइ छ । अब गाउँपालिकाले यति धेरै लगानि गरेकाे छ र धेरै नै तपाईहरु बाट विवाद मिलाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेकाे उनले बताइन ।

मेलमिलापकाे एड्भान्स तालिममा सहजकर्ता सन्ताेष राना मगरले यस्ताे कार्यक्रम काठमाडा‌ै बाहिर खासै नहुने गरेकाे तर सिरानचाेक गाउपालिकाले गरेकाे बताए । हामीले स्थानीय सरकारले त्यति धेरै यस्ताे तालिम गरेकाे छैन उनले भने ।  विवाद समाधान गर्न सजिलाे छैन तपाईं गाउकाे वकिल हाे त्यसैले सबैलाई बराबरीमा लैजानु सहज नभएकाे उनकाे भनाइ थियाे ।  कार्यक्रम मा विभिन्न राजनैतिक दलका प्रतिनिधि तथा सहभागिले शुभकामना मन्तब्य राखेका थिए ।