अभिषेक तामाङ
गाेरखा । जिल्लामा भएकाे प्रथम अन्तरपालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फको उपाधि शहिद लखन गाउँपालिकाले जितेकाे छ ।
पुरुष भलिबल प्रतियोगिता अन्तरगत शुक्रबार भएको फाइन खेलमा भिमसेन थापा गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै शहिदलखन गाउँपालिकाले उपाधि हात पाएकाे हाे ।
जितसँगै शहिदलखनले ७० हजार रुपौयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । गोरखाको सदरमुकामको हरमटारी खेलमैदानमा शहिद लखन र भिमसेन थापाबीच कडाप्रतिष्पर्धामा खेल भएको थियो ।
भिसेन थापा गाउँपालिकाले दाेस्राे स्थान हासिल गरेकाे छ भने अजिरकोट तेस्रो बने भने बारपाक सुलिकोटले सान्तवना स्थान प्राप्त गरेकाे छ ।
दास्रो, तेस्रो र सान्तवनाले क्रमश ४० हजार २५ हजार र १५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका जिल्ला भलिवल सँघका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।
महिला तर्फ बारपाक सुलिकोट गाउँपालिकाले उपाधि जितेर बिजयी भएकाे छ । शहिदलखन गाउँपालिका दाेस्राे भएकाे छ । भिमसेन थापा तेस्रो भएकाे छ । पालुङटार नगरपालिकाले सान्तवना प्राप्त गरेकाे छ । प्रथम, द्धितिय, तृतिय र सान्तवनाले क्रमश ७० हजार, ४० हजार, २५ हजार र १५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
शहिद लखनका क्याप्टेन होम बहादुर मगर सर्वोकृष्ट खेलाडी घाेषित भएका छन्न । उनले नगद ५ हजार पुरस्कार समेत प्राप्त गरेका छन् । उत्कृष्ट ब्लकर भिमसेन थापाका आशिष श्रेष्ठ, उत्कृष्ट स्पाईकर शहिद लखनका प्रदिप श्रेष्ठ, उत्कृष्ट सेटर पनि शहिदकै केशव बहादुर परियार र शहिदकै करुण गुरुङ उत्कृष्ट डिफेन्नेका छन् ।
उत्कृष्ट सर्भर अजिरकोटका पवन खनाल र उत्कृष्ट प्रशिक्षक शहिदका अर्जुन श्रेष्ठ बनेका छन् । उत्कृष्ट सबैले जनही रु २ हजारका दरले रकम प्राप्त गरेका छन् ।
महिला तर्फ बारपाक सुलिकोटका संगिता बराममा सर्वोकृष्ट खेलाडी भएकी छन् । बारपाक सुलिकाेट कै विमला गुरुङ उत्कृष्ट स्पाईकर, सर्मिला गुरुङ उत्कृष्ट सेटर, पुजा गुरुङ उत्कृष्ट डिफेन्डर भएका छन् । शहिद लखनका स्मृति सुनार उत्कृष्ट ब्लकर र भिमसेनका मतृका बराम उत्कृष्ट सर्भर बनेकी छिन् । महिला तर्फ बारपाक सुलिकोटका प्रशिक्षक विज्ञान कुमाल उत्कृष्ट प्रशिक्षक भएका छन् ।
चार दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ १० पालिकाबाट १० वटा टिम र महिला तर्फ ८ पालिकाकाे सहभागिता रहेको थियाे ।