
गाेरखा । जिल्लाकाे चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँ स्थित विरेन्द्रतालमा आज विहान ८ बजे आएकाे हिमपहिराे पछि तालमा पानीकाे मात्रा बढ्न जाँदा सामागाउँ हुँदै साम्दाे जाने विरेन्द्र तालखाेला स्थित काठेपुल बगाएकाे छ । खाेलामा पानीकाे मात्रा बढी हुँदा पुल बगाएकाे स्थानीय चाेखे लामाले बताए ।
पानीकाे मात्रा त्यति धेरै नभएपनि वर्षातकाे जस्ताे अवस्था देखिएकाे उनले बताए ।