अभिषेक तामाङ
गाेरखा । गोरखा मनकामना यातायात सेवा प्रा लि को अध्यक्ष पदका लागि भएको मतदानमा सुरेन्द्र लामिछाने निर्वाचित भएका छन् । कुल १०४ मत खसेको मा ५६ मत प्राप्त गरि विजयी भएका हुन् ।
उपाध्यक्ष सुमन कार्की ,महासचिव देवेन्द्र जंग कुँवर ,कोषाध्यक्ष अर्जुन पाण्डे,कार्यसमिति सदस्यहरु सुवास थापा मगर, हरि गैह्रे, शँकर रिमाल, सन्ताेष राेका रहेका छन् । र इकाई संयोजकहरुमा हरमटारी क्षेत्रका लागि रामचन्द्र थापा, बाह्र किलाे क्षेत्रका लागि सत्यराम थापा मगर, बसपार्क क्षेत्रका लागि कुमार सिर्मल, आँवुखैरेनीका लागि आकाश गुरुङ निर्विराेध चयन भएका छन् ।
अध्यक्ष पदका लागि मात्रै निर्वाचन भएकाे थियाे । जसमा प्रतिष्पर्धी तारा बहादुर खड्काले ४५ मत ल्याई दाेस्राे भएका थिए । सुरेन्द्र यस अघि पनि अध्यक्ष भएर काम गरिसकेका छन् ।