Breaking News

जनताको जीवन स्तर माथि उठाउन राजनैतिक परिवर्तन भएको हो : उपप्रधानमन्त्री श्रेष्ठ

By मनासलु

June 08, 2024

अर्जनु पाण्डे गोरखा, २६ जेठ । उपप्रधान तथा पराराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिले कल्पना नै नगरेको अधिकार जनतालाई दिएको बताएका छन् ।

जनताको जीवन स्तर माथि उठाउन राजनैतिक परिवर्तन भएको नेता श्रेष्ठले बताए ।

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ को  वडा स्तरीय  भेलालाई सम्बोधन गर्दै उनले भने, यो परिवर्तन केही राजनैतिक क्षेत्रका अधिकार प्राप्त गर्ने कुरामा मात्रै सिमित नहोस् भनेर मानिसहरुको सामाजिक, आर्थिक अधिकारमा समेत परिवर्तन होस् भनेर त्यही अनुसार सरकारले काम गरिरहेको छ । जनताको जीवन स्तर कसरी फेर्न सक्छौँ भनेर हामीहरु लागि परेका छौँ ।

विकास निर्माणका पुर्वाधारहरु खानेपानी, बाटो, विजुली, उत्पादनसँग सम्बन्धित कामहरुमा राज्यले लगानी गरेको बताए । हाम्रा जीवनका समस्याहरु समाधान गर्ने ठाउँमा राज्यलाई पुर्याउनुपर्ने उनले बताए ।

हामीले लडेर ल्याएको परिवर्तन कसैले खोस्न नपाओस भनेर मात्रै नहुने भएकाले जनताको भागमा पोल्टामा के पार्न सकिन्छ भनेर लाग्नुपर्ने बताए । सबै नागरिकहरुले राजनैतिक परिवर्तनको अनुभूति गर्न पाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाई छ ।