Breaking News

नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलनकाे थालनी

By मनासलु

June 10, 2024

गाेरखा । जिल्लाकाे  गोरखा नगरपालिकाले आर्थिक वर्ष ०८१।०८२ काे नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलनकाे सुरुवात गरेकाे छ । केही सूझावहरु निम्न लिखित रहेका छन् । -समाजवादका आधारहरू केके हुन:~ -औधोगिक बिकासमा जोड गर्ने -आत्मनिर्भर अर्थतन्त्रमा जोड गर्ने -जनजिबिकाको सवाललाई जोड गर्ने १-दुई बिकास-मानब संशोधन बिकास (जनचेतना र सेवामूलक) र भौतिक बिकास(पूराबाधार निर्माण २-सुसासन,सामाजिय न्याय-जनसेवा,भ्रष्ट्रचार-कमिशन बिरूद्द संघर्ष गर्दै बिकासमा जोड गर्ने ३-नपामा संबिधान,प्रदेस ऐन,स्थानिय पालिका संचालन ऐन कार्यान्वयन तथा पालिकाको ऐन,नियमावली ,निर्देशिका-कार्यबिधि र मापदण्ड निर्माण एवम् आबश्यक परिमार्जन गर्ने निति लिईनेछ । ४-कुनै पनि छेवर,ब्रतबन्ध तथा विवाह समारोह लगायत खुशियाली कार्यक्रममा जादा ब्यक्तिगत रूपमा रू ५०० भन्दा बढी दिन लिन नपाईने निति लिईनेछ । ५-गम्भिर प्रकृतिको बिरामी तथा मृत्यु संस्कारमा भेटघाटमा जादा ब्यक्तिगत रूपमा रू ५००-१००० सम्म दिनुपर्ने निति लिईनेछ । ६-एक वडा एक सडक पीच ,एक वडा एक ग्रावेल सडक ,एक टोल एक कच्ची सडक, तथा कृषि ऊत्पादन केन्द्रहरूमा स्तरयुक्त सडक निर्माणको निति लिईनेछ । ७-आवस्यक्तानुसार भवन निर्माण गर्ने तथा अधुरो प्रकृतिका सामुदायिक भवनहरूलाई सम्पन्न गर्ने निति लिईनेछ । ८-मृत्यु अन्तिम दाहासंस्कार गर्ने स्थानमा शवदाहागृह निर्माण गर्ने निति लिईनेछ । ९-मजदुर तथा किसानहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्द गर्ने निति लिईनेछ । १०-कृषिमा आधारित ऊत्पादन केन्द्रित लघु ऊधोग निर्माण गर्ने ११-कृषि ऊत्पादनको केन्द्रिकरण,प्रशोधन,प्याकेजिड.र बजारिकरण(कृषि हाट बजार)मा जोड गर्ने निति १२-कृषि अनुदान ऊत्पादनको आधारमा प्रदान गर्ने १३-कृषकको बर्गिकरण गर्ने , गरिब बिपन्न घर पहिचान गरी सुबिधा प्रदान गर्ने निति १४.श्रम सहकारी निर्माण गरी-बेरोजगारको डाटा सहित – श्रम तथा रोजगारमा ध्यान दिने-दक्ष,अर्ध दक्ष,अदक्षको आधार १५-प्राकृतिक स्रोत साधनको पहिचान ऊत्खनन् र परिचालन गर्ने र कर राजस्वको दायरा वृद्दी गर्ने । १६-संघ,प्रदेस,स्थानिय र अन्य क्षेत्रका योजनाहरूको ब्यबस्थित संचालन गर्ने १७-राजतन्त्रदेखि गणतन्त्रसम्मको ईतिहास झल्कने गणत्नत्र स्मारक निर्माण गर्ने निति १८-नगरको जनतालाई केन्द्रीत गरी सर्बसुलभ भाडामा नगर यातायात संचालन गर्ने निति १९-संविधान भाग -३ अनुसार व्रदत्त मौलिक हक अधिकार कार्यानवयन गर्ने निति २०-कर्मचारीलाई कामको आधारमा दण्ड र पुरस्कारको ब्यबस्था गर्ने निति लिईनेछ । २१-स्वास्थ्य-स्वास्थ्यमा गरिने खर्च खर्च होईन लगानी हो ।१०% खर्च राख्न जरूरी हुन्छ ।ऊपचार नपाय गोरखा जानु भन्ने निति बनाऔं ।पूर्ण स्वास्थ्य बीमा निशुल्क बनाऔं (बृद्दाश्रम,मानवश्रम…)।आधारभूत स्वास्थ्य निशुल्क भएको सह्राहनिय छ गोनपामा ।

२२-पूर्बाधार- -प्रशासनिक भवन, -वार्ड कार्यालय(६,८,१०,१३ र १४), -स्वास्थ्य चौकि र ईकाई कार्यालय, -बिद्यालय भवन निर्माण र संरक्षण -प्राबिधिक शिक्षालय, -बिधुत आपूर्ति(खानेपानी,स्वास्थ्य,ऊद्धोग), -पर्यटन पूर्बाधार, -खेल मैदान निर्माण, -आबस्यक्ता अनुसार सामुदायिक भबन निर्माण, -सिंचाई, -एक घर एक धारा खानेपानी निर्माण गर्ने, -सडक-एक पालिका एक पिच र एक वडा एक सडक ग्रावेल गर्ने निति कार्यक्रम बनाऊने ।

२३-नारा-चुस्त प्रशासन,मितब्ययी खर्च प्रणाली,शिघ्र जनसेवा,ठोस र गुणात्मक बिकास,स्वस्थ र दक्ष मानवस्रोत,आर्थिक सम्पन्न र सभ्य समाज निर्माण गर्ने !