Breaking News

भिमसेन थापा गाउँपालिकाद्वारा वित्तिय प्रगति सार्वजनिक

By मनासलु

July 10, 2024

गाेरखा । जिल्लाका २ नगरपालिका र ९ पालिका मध्ये भिमसेन थापा गाउँपालिकाले वित्तिय प्रगति सार्वजनिक गरेकाे छ । पारदर्शी र असल शासन व्यवस्था  रहेकाे भीमसेन थापा गाउँपालिका अनुकरणिय गाउँपालिकाकाे रुपमा आफूलाई अघि ल्याएकाे छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका लाेकप्रसाद बञ्जराकाे नेतृत्वमा गाउँपालिकाले काम गरिरहेकाे छ । चालु आर्थिक वर्ष ०८०।०८१ काे सम्पूर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखाङ्कन गर्ने कार्य मिति २०८१ ।०३।२४ गते देखि पालिकाले पूर्ण रुपमा बन्द गरेकाे जनाएकाे छ ।

चालु तर्फ कुल विनियाेजित बजेट  ४३ कराेड ८ हजार ५३४ मध्ये ३७ कराेड ७६ लाख ५७७ रुपैयाँ अर्थात ८८.३९ प्रतिशत पुँजिगत तर्फ २९ कराेड नाै लाख ६० हजार मध्ये १४ कराेड ६५ लाख ७४ हजार ८३४ रुपैयाँ अर्थात ६९‍.४८ प्रतिशत प्रगति भइ औषतमा ८१.७७ प्रतिशत वित्तिय प्रगति भएकाे हाे ।

गाेरखाका ११ पालिका मध्ये पहिलाे पटक भिमसेन थापाले वित्तिय प्रगति सार्वजनिक गरेकाे हाे । हाल सम्म सार्वजनिक वित्तिय प्रगति विवरणमा भिमसेन थापा गाउँपालिका प्रथम भएकाे छ ।