काठमाण्डाै । आयरल्याण्डको डब्लिनबाट स्पेनको मल्लारोका जान लागेको विमानभित्र स्पेनका एक जाेडि लाेग्ने स्वास्नीकाे चर्को विवादका साथै हिंस्रक झगडा हुन थालेपछि जहाजकाे आकस्मिक अवतरण गराइएकाे छ ।
चालक दलका सदस्यले झगडा साम्य गर्न नसकेपछि आपतकालीन अवस्था घोषणा गरी उक्त विमानलाई फ्रान्सको नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराउनु परेको जनाइएको छ ।
आकस्मिक अवतरणपछि स्थानीय सुरक्षाकर्मीले विमानमा झगडामा संलग्न पुरुषलाई नियन्त्रणमा लिएको समाचार एजेन्सीहरूले जनाएका छन् । महिलाको अनुहारमा भने केही चोट रहेकाले प्राथमिक उपचार गराइएको छ ।
सो घटनाका कारण विमान आफ्नो निर्धारित यात्रामा करिब दुई घण्टा ढिलो भएको थियो ।