साँकेतिक तस्वीर

Breaking News

पहिराेमा पुरिएर चार जनाकाे मृत्यु

By मनासलु

August 06, 2024

काठमाडौँ । गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।

पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरीले जनाएको छ ।