Breaking News

एयर डाइनेस्टिको  हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु

By मनासलु

August 07, 2024

काठमाडौंबाट उडेको तीन मिनेटपछि सम्पर्कविहीन भएको एयर डाइनेस्टिको  हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

घटनास्थलमा उद्धारका लागि खटिएका एक प्रहरी अधिकृतका अनुसार मृत्यु हुनेका ४ पुरुष र १ महिलाको मृत्यु भएको छ नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन्