Breaking News

खुकुरी प्रहार गरी महिलाकाे हत्या

By मनासलु

October 10, 2024

गाेरखा । जिल्लाकाे पालुङटार नगरपालिका वडा नम्बर ७ स्थित पुर्णै पिपल गाउँमा घर भित्र सुतिरहेकाे अवस्थामा अपरिचित व्यक्तिले २८ वर्षीय महिलाकाे खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

रातकाे १२ वजेकाे समयमा महिलाकाे हत्या भएकाे गाेरखा प्रहरीले जानकारी दिएकाे छ । घटनाबारे थाहा पाएपछि राती २ बजे तनहुँकाे डुम्रे स्थित लक्ष्मी सामुदायिक अस्पताल लगेपनि अस्पतालले मृत घाेषणा गरेकाे थियाे ।

रश्मी कुमाल नाम गरेकी महिलाका एक छाेरा रहेका छन् । श्रीमान हाल वैदेशिक राेजगारमा रहेका अाफन्तले जानकारी दिएका छन् ।

घटनाकाे बारेमा अस्थाइ प्रहरी पाेष्ट विरूवाटार र इलाका प्रहरी कार्यलय ठाँटीपाेखरीबाट खटिएकाे टाेलीले अनुसन्धान गरीरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।