शिक्षा

सबै राहत शिक्षकहरु स्वत: स्थायी हुनुपर्छ : उपाध्यक्ष यादव

By मनासलु

October 30, 2024

गाेरखा । नेपाल राहात शिक्षक केन्द्रिय समितीको छैठौँ महाधिबेसनबाट केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका शिव कुमार यादवले राहत शिक्षकहरु सँख्याका आधारमा स्वत स्थायी हुनुपर्ने बताउनुभएकाे छ । जति सङ्ख्या उनीहरुकाे छ त्यती नै सङ्ख्या गनेर मन्त्री परिषदकाे निर्णयबाट स्वत स्थायी गराउनुपर्ने बताउनुभयाे ।

यही माग लिएर आफू आन्दाेलनकाे माेर्चामा आएकाे र अहिलेकाे नेतृत्वमा रहँदा पनि सबै राहत शिक्षकहरुलाइ स्वत स्थायी गराउन आफू लागि पर्ने बताउनुभयाे । उमेर हदका कारण राहत शिक्षकहरु विदा लिने अवस्था आइसकेकाले सरकारले छिटाे गरी माग पूरा गर्नुपर्ने अन्यथा मेचिमहाकाली आन्दाेलन चर्काउने यादवले बताउनुभयाे ।

आफ्नो काम पूरा नगरी बिश्राम नलिने बताएका  छन् ।  राहतका माग पूरा नगरे आयाेगबाट आएका शिक्षकहरुलाइ हाजिरी गर्न समेत राेक्ने चेतावनी उहाँले दिनुभयाे । उमेर हदका कारण परीक्षा फर्म समेत भर्ने अवस्था नरहेका कारण राहत शिक्षकहरुलाइ एक पटकका लागि स्वत स्थायी गर्नुपर्ने माग रहँदै आएकाे यादवले बताउनुभयाे ।

नेपाल रहात शिक्षक केन्द्रिय समितीको छैटौँ महाधिबेसनले अध्यक्ष द्धय नविन सिँह धामी र बिरेन्द्र मल्ल,बरिष्ट सहअध्यक्ष कृष्ण बिष्ट, बिनोद पासवान र भिम बहादुर सिँह र शिव कुमार यादवलाई जिम्मेवारी दिईएको छ । पेशागत सुरक्षाको दृष्टिकोणले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको एजेण्डा नछोड्नेगरि ३५ पदाधिकारीसहित १ सय ५१ सदस्यीय कार्य समिती चयन गर्दै सम्पन्न भएको थियाे ।