अभिषेक तामाङ २१ पुस, गोरखा । रोटरी क्लव नेपालको चौथो जिल्ला सम्मेलन आजबाट गोरखामा सुरु भएको छ । डिष्ट्रिक ३२९२, नेपाल भुटान का अध्यक्ष रोटरी उत्तम खड्काको सभापतित्वमा कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि रोटरी राजेन्द्रमान शेरचन, विशिष्ट अतिथि गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगर रहनुभएको छ ।
सम्मेलनमा बोल्ने कला, सकरात्मक सोच, परियोजना बनाउने तरिका, साँस्कृतिक कार्यक्रम, गोरखा दरबार भ्रमण लगायतका कार्यक्रम रहेको रोटरी सदस्य शरदबाबु कट्टेलले जानकारी दिनुयभो । सम्मेलन आइतबार सम्म चल्ने छ ।