Breaking News

मिरकोटका प्रत्येक घरमा खानेपानी धारा जडान हुन्छ : मन्त्री देवकोटा

By मनासलु

February 22, 2025

अभिषेक तामाङ १० फागुन, गोरखा । गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटाले पालुङटार स्थित मिरकोटका प्रत्येक घरमा खानेपानी धारा जडान गरिने बताउनुभएको छ ।

मिरकोट स्थित कोटगढी महोत्सवको आज समापन कार्यक्रममा बोल्नुहुँदै मन्त्री देवकोटाले गण्डकी प्रदेश सरकारको नीति तथा योजना अनुसार नै प्रदेश भरीका नागरिकहरुको घर घर खानेपानी धारा लैजाने योजना अनुसार नै पालुङटारमा पनि अभियान सञ्चालन गरिएको बताउनुभयो ।

खानेपानीमा मिरकोटको माथिल्लो क्षेत्रमा समस्या परेको भन्दै उहाँले लिफ्‌टिङ प्रविधिबाट भएपनि गाउँ गाउँमा खानेपानी पुर्याउने बताउनुभयो । खानेपानीकाे क्षेत्रमा परेका समस्या समाधानका लागि आफूले गण्डकी प्रदेशका ११ वटै जिल्लामा काम गरिरहेकाे र आफ्नाे निर्वाचन क्षेत्रमा विशेष ध्यान गएकाे बताउनुभयाे । आफ्नाे मन्त्री कालमा यस निर्वाचन क्षेत्रका कुनै पनि घर त्यस्ताे हुनेछैन जहाँ खानेपानिका धारा र पानी नहाेस् । आफूलाइ जनताले भाेट दिएर जिताएकाले काम गर्ने माैका आएकाे उहाँकाे भनाइ थियाे । महोत्सव आजबाट सकिएकाे छ  ।