तनहुँ सम्वाददाता आँवुखैरेनी । आँवुखैरेनी बहुमुखि क्याम्पसको स्ववियु निर्वाचनमा उम्मेदवारी लिएकार सरकारवादी दलहरुका साझा उम्मेदवारका सभापति रक्षा पोखरेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
आँवुखैरेनी गाउँपालिकाको शिक्षाको विकास लागि अखिल क्रान्तिकारीले काम गर्न सक्ने भन्दै आफ्नो समेत पूर्ण समर्थन रहेकाले उम्मेदवारी फिर्ता लिएको बताउनु भएको छ ।
नेवि सँघका समानुपातिक उम्मेदवार रोमन आले,ओम थापा, अनेरास्ववियुबाट प्रत्यक्ष उम्मेदवार रहनुभएका प्रयास श्रेष्ठले पनि वृहत छलफल पछि बुद्धिजिवि, विद्यार्थी साथीहरु र प्रगतिशिल सोच राख्ने सबैले निशान मगर नेतृत्वमा रहेको अखिल क्रान्तिकारीमा मतदान गरी विजयी गराउन प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।
चैत ५ गते हुने निर्वाचनमा सबैले अखिल क्रान्तिकारीलाई मतदान गर्न उहाँले आग्रह गर्नुभएको छ ।