गाेरखा । अखिल नेपाल खेलकुद महासँघ गाेरखा अध्यक्षमा विष्णु श्रेष्ठ चयन भएका छन् । जिल्ला सदरमुकाम गाेरखामा भएकाे भेलाले श्रेष्ठकाे अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेकाे हाे ।
समितिकाे पहिलाे बैठकले पदाधिकारी चयन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । समितिका सदस्यहरूमा नारयण खड्का, सन्ताेष गुरुङ,राजु गुरुङ, रत्न आले, विपिन श्रेष्ठ, थम राना, केशर गुरुङ, आइत बहादुर गुरुङ,रामशरण थापा, सुर्यमान गुरुङ,सुजन श्रेष्ठ, अमृत श्रेष्ठ, राम अर्याल, गँगा प्रसाद दवाडी, अञ्जन देवकाेटा, छविलाल गुरुङ, विक्रम गुरुङ, शर्मिला गुरुङ,गाैरव श्रेष्ठ, लिला तामाङ, प्रदिप थापा मगर, पदम गुरुङ, राम गुरुङ,अासिस श्रेष्ठ, सुवास तामाङ, सुरेश वानियाँ, नविन लामिछाने, रिना थापा, रविन थापा रहनु भएकाे छ ।






