२२ जेठ, गोरखा । ‘प्लाष्टिकजन्य प्रदुषण न्युनिकरण हाम्रो दायित्व’ भन्ने नारा सहित आज गोरखामा विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । आज विहान कट्टेलचोकबाट जिल्लाको हरमटारी चोक सम्म सरसफाइ गरी दिवस मनाइएको हो ।
डिभिजन वन कार्यलय गोरखा र गोरखा नगरपालिका गोरखाको सँयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, जिल्ला स्थित कार्यालयका कर्मचारी, सञ्चारकर्मीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले सडकमा भएका फोहोर केन्द्रित गरेर डष्टविनमा राखेका थिए । डेङ्गु नियन्त्रणका लागि जमेका पानी हटाउने र सर्वसाधरणलाई हटाउन सचेत गराइएको वातावरण विज्ञ ध्रुव प्रसाद घिमिरेले बताउनुभयो ।