आरुघाट गाउँपालिकामा शुन्य होम डेलिभरी

शनिबार, जेष्ठ २५, २०८२
0
52

राजेन्द्र न्यौपाने
२४ जेठ, गोरखा । गोरखा जिल्लाको आरुघाट गाउँपालिकामा शुन्य होम डेलिभरी भएको छ । आर्थिक वर्ष ०८१।०८२ को वैशाख मसान्त सम्म ५५ जना सुत्केरी महिलाहरुलाई नजिकको स्वास्थ्य सँस्थामा लगेर सुरक्षित डेलिभरी गराइएको आरुघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताउनुभयो ।
पालिकामा आमा सुरक्षा कार्यक्रम अन्तर्गत सँस्थागत प्रसुती सेवालाई प्रोत्साहन गरि घरमा प्रसुती शुन्य गरिएको छ । महलिाहरुलाई गर्भ जाँच गर्ने गरिएको छ । गर्भवती महिलाको निशूल्क प्रयोगशाला परिक्षण गर्ने गरिएको छ । साथै स्वास्थ्य जाँचका लागि अस्पताल सम्म आउनका लागि निशुल्क एम्बुलेन्सको समेत व्यवस्थापन गरिएको थापाले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here