गोरखा । लियो जिल्ला परिषद् ३२५ जे, नेपालले प्रदेश अस्पताल गोरखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ‘सद्भावसहित सहकार्य’ भन्ने मूल नाराका साथ गोरखा अस्पतालको स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र सुलभ बनाउन स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको लियो जिल्ला परिषदले जनाएको छ । डिस्ट्रिक्ट गभर्नर लियो बालकृष्ण परियारको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ जेका फस्ट भाइस डिस्ट्रिक गभर्नर लायन्स प्रजापति बास्तोला, गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, लिया तथा लायन्स क्लवका पदाधिकारीहरु सहभागी थिए । उनीहरुले लियो क्लबहरूको सेवा भावना र सामाजिक उत्तरदायित्वप्रति उच्च सम्मान व्यक्त गर्दै, लायन्स र लियोबीचको सहकार्यलाई सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।