राजेन्द्र न्यौपाने १७ भदौ , गोरखा । काठमाण्डौबाट गोरखाको माछिखोलाका लागि छुटेको बा ०१-००६ -४१३१ नम्बरको यात्रुबस भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ स्थिट टारीफाँटमा दुर्घटनामा परेको छ । नवज्योति मा.वि नजिकै रहेको सडक मोडबाट बस तल्लो सडकलमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् । घाइतेहरुको तत्कालकै उद्धार गरी आरुघाट अस्पताल पुर्याइएको गोरखा दरौँदी यातायता कम्पनीका अध्यक्ष दिपक वोहराले जानकारी दिनुभयो । घाइते मध्ये दुइ जना घाइतेको अवस्थामा गम्भीर रहेकोले उनीहरुलाई काठमाण्डौ तर्फ पठाइएको बोहराले जानकारी दिनुभयो । घाइतेहरुको प्रहरी र स्थानीय मिलेर उद्धार गरेका थिए ।
दुर्घटनाको कारणवारे अनुसन्धान भइरहेको गोरखाका प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीले बताउनुभयो ।
घाइतेहरूकाे विवरण निम्न लिखित अनुसार रहेकाे छ ।