गाेरखा । शहिद लखन गाउँपालिका को आयोजनामा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE), आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (BLE) तथा स्तरमापन परीक्षा कक्षा ५ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकहरूलाई नगद पुरस्कारसहित सम्मानित भएका छन् ।
कार्यक्रममा ३.६० जीपीए वा सोभन्दा माथिल्लो नतिजा हासिल गर्न सफल विद्यार्थीहरू, माध्यमिक शिक्षा परीक्षा र आधारभूत शिक्षा उत्तीर्ण परीक्षामा उच्च सिकाइ उपलब्धी हासिल गर्ने साथै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल सम्पूर्ण शिक्षकहरूलाई सम्मान गरिएको हो। कुल २० जना विद्यार्थी र १०७ शिक्षक गरी कुल १२७ जना सम्मानित भएका हुन् । SEE परीक्षाको नतिजाको आधारमा ६ जना विद्यार्थीलाई सम्मान प्रदान गरिएको छ।
कार्यक्रम गाउँपालिकाका आदरणिय अध्यक्ष रमेश बाबु थापा मगर को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, गाउँकार्यपालिका सदस्य बिमला ढुङ्गाना अंगाई, लिना थापा, शिक्षा समिति सदस्य खुनप्रसाद रेग्मी, शिक्षा अधिकृत राजेन्द्र खनाल, प्राविधिक सहायक हुमबहादुर गुरुङ लगायत प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले शिक्षक विद्यार्थी सबैमा सामुदायिक शिक्षालाई थप सुदृढ बनाउन उत्प्रेरणा प्रदान गर्ने विश्वास लिइएकाे गाउँपालिका शिक्षाा अधिकृत राजेन्द्र खनालले बताउनुभयाे ।
शहिदलखन गाउँपालिकाले शिक्षाकाे सुधार र विकासका लागि दिर्घकालिन याेजना निर्माण गरी विद्यालयका आवश्यकताहरु पुरागर्ने, शिक्षकलाइ तालिम प्रदान गर्ने र समस्या परेका कुराहरूमा सहजिकरण गरी समाधान गर्ने काम गर्दै अाएकाे छ ।