Breaking News

विमान भित्रै अस्ताएर मरहट्टा

By मनासलु

June 01, 2026

गाेरखा । अमेरिकाबाट नेपाल आउदै गरेकाे गाेरखाका १ जना पुरुषकाे बिमान भित्रै ज्यान गएकाे छ ।

ज्यान गुमाउने ब्यत्ती गाेरखा जिल्ला, शहिदलखन गाउँपालिका-१ भाेगटेनी घर भई हाल काठमाडौं सामाखुशी बस्ने ७३ वर्षीय श्यामहरि मरहठ्ठा भएकाे पुष्टी भएकाे छ ।

गौशाला प्रहरीले जानकारी अनुसार TK ७२६ फ्लाइटबाट आएका मरहठ्ठा आज बिहान ६ः ३५ बजे विमान भित्रै अचेत भेटिएका थिए । पत्नीसहित अमेरिकाबाट फर्किँदै गरेका उनकाे ज्यान गएकाे प्रहरी पुष्टी गरेकाे हाे ।

प्रहरीले उनको शव जाँच मुचुल्का तयार गरी रहेकाे जनाएकाे छ । मरहठ्ठा पत्नी कालिकासहित अमेरिकाबाट सँगै आएका थिए ।