प्रदेश

फुडमाण्डुकाे सेवा अब पाेखरामा

पाेखरा- नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौँबाहिर पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले ग्राहकको मागलाई ध्यान दिँदै काठमाडौँबाहिर पहिलोपल्ट पोखराबाट सेवा विस्तार गरिएको बताउनुभयो । “गुणस्तरीय सेवासहित हामी आएका छौँ, अब पोखरेलीले अनलाइनबाटै फुडमाण्डूका खानेकुरा अर्डर गर्न सक्नुहुनेछ ।” मालीका अनुसार फुडमाण्डूले हाल ३० भन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलसँग सहकार्य गरेको र यसलाई विस्तारै बढाउँदै लगिने छ ।… पुरा पढौ

गण्डकी प्रदेशमा अहिलेसम्मकाे काेराेना अपडेट, सक्रिय २३९६, निकाे ३७१९

कार्तिक ५, पाेखरा । गण्डकी प्रदेशका ११ जिल्लामा भएका काेराेना सङ्क्रमितहरुकाे अहिलेसम्मकाे विवरणहरु तल तालिकामा देखाइएकाे छ । हाल सम्म परीक्षण भएका कुल ८३ हजार ७५५ जना मध्ये ६ हजार १७३ जनामा सङक्रमण पुष्टि भएकाे छ । जसमा ३७१९ जना उपचार पछि घर फर्कीएका छन् भने २३९६ जना उपचार गराइरहेका छन् । नतिजा नेगेटिभ आउनेहरुकाे सङ्ख्या ७७ हजार ५८२ जना  रहेकाे छ भने मृत्यु हुनेहरुकाे सङ्ख्या ५८ जना पुगेकाे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएकाे छ । पुरा पढौ

गण्डकी प्रदेशमा ११ जिल्लाका ३८ ठाउँमा सरकारी आइसाेलेसन, काेराेना सङ्क्रमित सबैकाे उपचार निशुल्क

कार्तिक ४, पाेखरा ।  गण्डकी प्रदेश सरकारले ११ जिल्ला भित्रका ३८ स्थानमा सरकारी आइसाेलेन तयार गरी काेराेना सङ्क्रमित विरामीहरुकाे उपचार गरिररहेकाे मुख्य मन्त्रीकाे कार्यालय पाेखराले जनाएकाे छ । प्रदेश सरकारले  सँघीय शासनसत्ताकाे  आवस्यकता र औचित्य थप पुष्टि यसबाट गरेको छ । केन्द्र सरकारले नागरिकहरुकाे उपचार गर्न हात झिकेपछि गण्डकी प्रदेश सरकारले आफ्ना नागरिकहरुकाे उपचार गर्न प्रदेश सरकार सक्षम रहकाे जनाउ दिएकाे हाे । यस अघि पनि गण्डकी प्रदेशमा कोरोना भाइरस रोग (कोभिड- १९) का बिरामीको उपचार निशुल्क भइरहेको छ ।… पुरा पढौ

बारपाक सुलिकाेट गाउँपालिकाद्वारा दशैँकाे समयमा श्रमिकहरुलाइ खाद्यन्न प्रदान

कार्तिक ३,गाेरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले राहात दिनुपर्ने नागरिकहरुलाई रोजगारी दिएर आज खाद्यन्न वितरण गरेकाे छ । काम गरेर दशैँकाे समयमा खाद्यन्न पाउँदा श्रमिकहरु खुशी भएका छन् । बारपाक सुलिकाेट गाउँपालिका अध्यक्ष विष्णु भट्टले आज एक कार्यक्रमका वीच चामल, नुन ,तेल, दाल लगायतका खाद्यन्न वितरण गरेका छन् । कुल ४६१ खेतलाहरु लगाएर गाउँमा गाेरेटाे वाटाे, कुलाे, सडकका नाला, चाैताराे बनाउने काम गरिरएकाे वडा न‌‍म्वर ७ का वडा अध्यक्ष कृष्ण गुरुङले बताए । यस अघि गाउँपालिकाले चाडपर्व सुरु हुन लागेको… पुरा पढौ

ग्लोबल गोरखा समाजकाे अधिवेशन शनिबार जुम भर्चुअल माध्यमबाट हुने

असाेज २९,गाेरखा । ग्लोबल गोरखा समाजले विधानलाई  छलफल गरि आवश्यक संशोधनको लागि ५ सदस्यीय विधान संशोधन समिति गठन गरेको छ । विधान समिति संयोजकमा एनआरएनएमा तीन कार्यकाल विधान समितिमा काम गरिसकेका हरिहर अर्याल , सदस्यहरुमा एनआरएनए आइसिसी संरक्षक रामप्रताप थापा , एनआरएनए मानार्थ सदस्य डिल्ली ढकाल , एनआरएनए नेपाली भाषा प्रवर्द्धन उपसमित संयोजक कृष्ण लामिछाने , नेपाली समाज कतारका संस्थापक बुधबल गुरुङ र कानुनी सल्लाहकारमा ङासुराम पराजुली रहेका छन् । समाजको यही शनिबार अर्थात १७ अक्टोबर २०२० मा जुम भर्चुअल… पुरा पढौ

चाडपर्व विशेष किनमेल समय ताेकियाे असाेज ३० सम्म मात्र समान किन्न पाइने

असोज २६, गोरखा । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलका नागरिकहरुले चाडपर्व विशेष किनमेल असाेज ३० गतेसम्म गर्नुपर्ने भएकाे छ । गाउँमा रहेकाे सिँहदरबारकाे निर्णयले उक्त उर्दी जारी गरेकाे हाे । किनमेलकाे समयसिमा ताेकिएपछि साे क्षेत्रका नागरिकहरु बेनिघाट र गाेरखा बजार आउनेक्रम बढेकाे छ ।  वडा कार्यालयले दसैँ मान्न असोज ३० गतेभित्र घर आइसक्नुपर्ने भनी सूचना जारी गरेकाे छ । दसैँ मान्न गाउँ आउनेहरु असोज ३० गते आई ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने , विदेशबाट आउनेहरुको पीसीआर रिपोर्ट नेगेटिभ… पुरा पढौ