समाचार

सामाजिक व्यक्तित्व तथा व्यवसायी मास्केको निधन

गाेरखा । सामाजिक व्यक्तित्व तथा व्यवसायी धिरजबहादुर मास्केको निधन भएको छ । विगत एक महिनादेखि विरामी भएका मास्केको ८६ बर्षको उमेरमा सोमबार दिउसो चार बजे मृत्यू भएको उनका आफन्तले जानकारी दिएका छन् । विमारले च्यापेपछि मास्केलाई उपचारका लागि आइतबार गोरखा अस्पतालमा भर्ना गरिएको थियो । मास्के गोरखा उद्योग वाणिज्य संघका संस्थापक सचिव, तुलसी मेहेयर युनेस्को क्लव गोरखाका संस्थापक अध्यक्ष हुन् । निर्माण व्यवसायी संघ गोरखाका पूर्व अध्यक्ष, द्रव्यशाह बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष, बालमन्दिर माध्यमिक विद्यालयका पूर्व अध्यक्ष समेत भएर काम… पुरा पढौ

आरुघाटका २९ महिला समूहलाई सम्भव नेपालको सहयोग

गोरखा, ४ साउन । सम्भव नेपालले गोरखाको आरुघाट गाउँपालिकाका २९ वटा महिला समूहलाई संस्थागत क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न आवश्यक सामग्री हस्तान्तरण गरेको छ। गाउँबस्तीमा क्रियाशील महिला समूहहरूलाई सामाजिक, आर्थिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज बनाउने लक्ष्यका साथ सम्भव नेपालले सहयोगी सामग्री उपलब्ध गराएको हो। संस्थापक प्रेम खत्रीको नेतृत्वमा सञ्चालन भइरहेको संस्थाले महिला समूहहरूको माग र आवश्यकतालाई आधार बनाएर सामग्री वितरण गरेको जनाएको छ। आरुघाट बजारमा आयोजित कार्यक्रममा सम्भव नेपालको आर्थिक सहयोग तथा एस दी… पुरा पढौ

करेन्ट लागेर एक महिला र पाँच वाख्राकाे मृत्यु

गोरखामा करेण्ट लागेर बाख्रा गोठालो गएकी एक महिला र पाँचवटा बाख्राको मृत्यू भएको छ । जिल्लाको आरुघाट गाउँपालिका २ माथिल्लो कटुञ्जे निवासी ६५ बर्षकी धनकुमारी गुरुङको आइतबार साडे तीनबजे करेण्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार माथिल्लो कटुञ्जेको पुनाचौतारास्थित रुखमा विद्युत तार सर्ट भई करेण्ट प्रवाह भएको र सो पोलमा आगलागी हुँदा ३० मिटर पर रहेकी धनकुमारी गुरुङ र पाँचवटा बाख्राको मृत्यू भएको हो । करेण्ट लागेर बेहोश भएकी गुरुङलाई प्रहरी र स्थानीयबासीले उपचारका लागि… पुरा पढौ

नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्कामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ । भ्रमणका क्रममा उहाँले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो । उद्घाटन सत्रमा संयोजक दाहालले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनको अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक रूपरेखाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको संयोजक दाहालको स्वकीय सचिवालयले जनाएको छ । श्रीलङ्का भ्रमणका क्रममा संयोजक दाहालले… पुरा पढौ

रात्रिकालिन सवारी सञ्चालनमा राेक

गाेरखा । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार मुलुकका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले शनिबार र आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुन सक्ने जनाएको हो । यसैगरी मधेस, बागमती र अन्य हिमाली तथा पहाडी भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण… पुरा पढौ

पालुङ्टार नगरपालिकाका ४,५८२ विद्यार्थी सामूहिक दुर्घटना विमा

गोरखा । पालुङ्टार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीलाई सामूहिक दुर्घटना बीमाको दायरामा ल्याउने उद्देश्यले पालुङ्टार नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ।नगरपालिकाको कार्यालयमा सम्पन्न सम्झौतामा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.ले नगरपालिकाको तर्फबाट तथा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रतिनिधिले कम्पनीको तर्फबाट हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत सबै ४,५८२ जना विद्यार्थीको एक वर्षका लागि सामूहिक दुर्घटना बीमा गरिनेछ। प्रत्येक विद्यार्थीको रु. ७०,००० सम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ भने प्रति विद्यार्थी रु.… पुरा पढौ

भूमि उपयोग परिवर्तनका लागि निवेदन आह्वान

गोरखा, पालुङटार। नेपाल सरकारले हालै जारी गरेको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ अन्तर्गत भूमि उपयोग ऐन, २०७६ मा गरिएको संशोधनअनुसार स्थानीय तहलाई एक पटकका लागि भूमि उपयोग परिवर्तन गर्ने अधिकार प्रदान भएपछि पालुङटार नगरपालिकाले सोही व्यवस्थाअनुसार प्रक्रिया अघि बढाएको छ। नगरपालिकाको मिति २०८३ असार २१ गते बसेको कार्यपालिका बैठकको निर्णयबमोजिम भूमि उपयोग परिवर्तन तथा भूमि उपयोग क्षेत्र वर्गीकरण छुटसम्बन्धी कार्य अगाडि बढाइने भएको हो। अध्यादेशले संशोधन गरेको भूमि उपयोग ऐन, २०७६ को दफा ८ को उपदफा (२क) अनुसार… पुरा पढौ

गोरखा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा, सबै बालबालिकाले पाए नियमित खोप

गोरखा, २२ असार। गोरखा जिल्लालाई सोमबार औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाभित्र रहेका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि उक्त घोषणा गरिएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार राष्ट्रिय खोप कार्यक्रमको मापदण्ड पूरा गर्दै जिल्लाका सबै वडालाई क्रमशः पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्ला स्तरमा पनि औपचारिक घोषणा गरिएको हो। यससँगै गोरखाले बालबालिकाको नियमित खोप सेवामा शतप्रतिशत पहुँच सुनिश्चित गर्दै खोप कार्यक्रमलाई… पुरा पढौ

पालुङटार नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न २०८३/८४ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित, सुशासन र विकासलाई उच्च प्राथमिकता

असार, गाेरखा । पालुङटार नगरपालिकाको १३औँ नगरसभा नगर प्रमुख विवश चिन्तनको अध्यक्षतामा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम, वार्षिक बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित गर्दै आगामी आर्थिक वर्षका विकास तथा सेवा प्रवाहका प्राथमिकता तय गरेको छ। नगरसभाले स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र कानुनी रूपमा व्यवस्थित बनाउन आवश्यक विभिन्न विधेयकहरू पनि पारित गरेको जनाएको छ। सभाबाट गत आर्थिक वर्ष २०८१/८२ को यथार्थ आय–व्यय विवरण, चालु आर्थिक… पुरा पढौ

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यमी बनाउन पालुङटारको पहल, उद्यमशीलता तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गोरखा, १६ असार । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप, अनुभव, ज्ञान र पूँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै स्वदेशमै उद्यमशीलताको वातावरण निर्माण गर्ने उद्देश्यका साथ पालुङटार नगरपालिकाले आयोजना गरेको एकदिने उद्यमशीलता तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई विदेशमा आर्जन गरेको सीप, अनुभव तथा बचतलाई स्थानीय स्तरमै उत्पादनमूलक क्षेत्रमा लगानी गरी स्वरोजगार बन्न प्रेरित गरिएको थियो। नगरपालिकाले युवालाई विदेशमा सिकेको सीप र कमाएको पूँजीलाई सही ढंगले परिचालन… पुरा पढौ