असाेज १५ सुर्खेत। नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पहिलो पटक एक जना डाक्टरले ज्यान गुमाउनु परेकाे छ । कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना सक्रमणपछि उपचारका क्रममा ज्यान गएको हो ।
डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिए । ५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर थिए ।